Tuesday, May 25, 2010

जाजरकोटमा कांग्रेस विभाजित

जाजरकोट, , जेष्ठ ११ - लामो समयदेखिको आन्तरिक बिबादपछि  नेपाली कांग्रेस जाजरकोट दुई चिरामा बिभाजन भएको छ ।   एकिकरण भएको ४ बर्ष बितिसक्दा पनि बिबाद सुल्झन नसक्दा काग्रेस संथापपन र प्रजातन्त्रिक काग्रेस  पुनः दुई खेमामा बिभाजित भएको हो ।
प्रक्रियागत रुप्ामा बिभाजित काग्रेस एक भए पनि भावनात्मक रुपमा एकता हुन नसक्दा आन्तरिक बिबादले चरम रुप लिएको थियो । एकीकरणको बेला भएको सहमति कार्यान्वयन नगरेको भन्दै संस्थापन पक्षका सभापति झलक नाथ वाग्लेले मंगलबार पत्रकार सम्मेलन मार्फत पार्टी औपचारिक रुपमा दुई भागमा बिभाजित भएको घोषण गरे ।
संस्थापन पक्षका कार्यकर्तालाइ क्रियाशिल सदस्यता नदिएको नबिकरण नगराएको हुदा कार्यकर्ताको भावना अनुसार नै आफुले यस्तो कदम चालेको वाग्लेले बताए ।    
पार्टी एकीकरण पछि शेरबहादुर देउवा पक्षका यज्ञबहादुर खत्रीलाई जाजरकोटको सभापति बनाईएको थियो । सभापति खत्रीले क्रियाशिल सदस्यता फारम अहिलेसम्म  नभराएको पार्टीका कार्यकर्तालाइ पक्षपात गरेको सहमति बिपरितका क्रियाकलाप गर्दै गएको संस्थापन पक्षका सभापति वाग्लेको भनाइ छ । पार्टीको आन्तरिक बिबादका कारण सयौं कार्यकर्ताहरु क्रियाशिल सदस्यता पाउनबाट बन्चित  भएको नेबिसंघ अध्यक्ष महेन्द्र शाहले बताए । तमाम कार्यकर्ताको भविष्य माथि खेलवाड गरिएको उनको भनाई छ ।
तर बर्तमान सभापति खत्री भने संस्थापन पक्षका कार्याकर्ताले पार्टी अनुशासन बिपरितका कार्य गरेकोे आरोप लगाउदै आएका छन । केन्द्रको मिलेमतोमा आफूलाई थाहै नदिई गलत प्रत्रियाबाट सदस्यता वितरण गरिएका कारण क्रियाशिल सदस्यताको विवाद सृजना भएको बताउछन् । उनी यसरी गलत प्रक्रियाबाट वितरण गरिएका सदस्यता केन्द्रमा नपठाउने बताउछन् । तर संस्थापन पक्षका कार्यकर्ताहरुले भने पार्टी सभातिले क्रियाशिल सदस्यता उपलब्ध नगराएको बताएका छन ।  ।
जिल्लामा दुइ पक्षबीच बिबाद चर्किएर पार्टी दुइ खेमामा बिभाजित भएपछि बिबाद सुल्झाउन मंगलबार नै केन्दि्रय सदस्य बलबहादुर के.सी जाजरकोट आइपुगेका छन । उनले २ दिनसम्म जिल्लामा बसेर बिबाद मिलाउने कुरामा कार्यकर्ता आशाबादी  छन ।
   दुई पक्षका जिल्ला स्तरका नेताहरुको विवाद चुलिदै जाादा उनीहरुको बोलचाल समेत बन्द भएको थियो । ती नेताहरुको भेटघाट हुन वित्तिकै दिनहू जस्तो भनाभन हुने गरेको छ ।
जिल्लामा यस अघि पनि   विवाद मिलाउन  केन्द्रबाट आएका भक्तबहादुर बलायर र विजुल विश्वकर्माको रहोवरमा कार्यवाहक सभापतिको रुपमा संस्थापन पक्षका दिपकजगं शाहलाई जिम्मा दिने र बाकी रहेका विवाद मिलाउन सभापति खत्रि, निवर्तमान सभापति वाग्ले, पूर्व्ा सभापति सनत कार्की र कावा सभापति शाहलाई अधिकार प्रत्यायोजन गरिएको थियो ।
तर पनि विवाद मिल्न नसकेपछि कार्यवाहक सभापति सुशील कोइराला र सहमहामन्त्री एवम् प्रवक्ता अर्जुननरसिहं केसी जाजरकोट आएर बिबाद मिलाएर  सवै क्रियाशिल सदस्यता पठाउन र एकजुट भएर लाग्न निर्देशन दिएका थिए ।
पार्टीको आन्तरिक बिबाद मिलाउने बारम्बारको प्रयास असफल भएपछि मंगलबार आधिकारीक रुपमा पार्टी २ भएको घोषण गरिएको छ ।

No comments:

Post a Comment