Saturday, December 18, 2010

रोमाञ्चक बन्दै भलिबल प्रतियोगीता:कालिका उच्च मावि स्वर्णमहोत्सव !




रोमाञ्चक बन्दै भलिबल प्रतियोगीता :
बुटवल, ३ पौष,
कालिका उच्च मावि बुटवलको स्वर्णमहोत्सव अन्तर्गत आयोजित खेलकुद प्रतियोगीताहरु निकै रोमाञ्चक बन्दै गैरहेका छन्। आज भएका जिल्लास्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगीताको अत्यन्त रोमाञ्चक खेलमा दीप बोर्डिङ्गले एभरेष्ट बोर्डिङ्गलाई र पर्रोहा उमाविले जनज्योति उमाविलाई सेमिफाइनलमा हराई अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेका छन्। यी दुवै विजयी विद्यालयविच पौष ४ गते फाइनल खेल हुँदैछ।
आज भएका जिल्लास्तरीय अन्तर उमावि छात्र भलिबल प्रतियोगीताका सेमीफाइनलका खेलहरु निकै प्रतिष्पर्धात्मक रहेका थिए। जसमा सिद्धार्थ गौतमबुद्ध क्याम्पसले क्यानन उमाविलाई हराई फाइनलमा प्रवेश गरेको छ। न्यू लाईट उमावि र सिद्धेश्वर उमावि विचको खेलको निर्णयपछि फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्ने जानकारी खेलकुद संयोजक दिनेश आचार्य दिए।
त्यस्तै आज जिल्लास्तरीय अन्तर मावि भलिबल प्रतियोगीताको छात्रातर्फको खेलमा एभरेष्ट बोर्डिङ्ग स्कुलले सोझो सेटमा कालिका उमाविलाई हराई तेश्रो स्थान हासिल गरेको छ। पौष ४ गते उमावि स्तरीय छात्रा भलिबलको फाइनल खेल कालिका उमावि र मणिमुकुन्द उमावि विच हुँदैछ। सोहि दिन विद्यालय स्तरीय छात्रा भलिबलको फाइनलमा प्रवेश गरेका दीप बोर्डिङ्ग र न्यू होराईजन उमावि विच खेल हुनेछ।
स्वर्णमहोत्सवकै अवसर पारी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(NAST) ले हावापानी परिवर्तन सम्बन्धि हाजिरी जवाफ प्रतियोगीता र छलफल कार्यक्रम आयोजना गरेको प्रचार–प्रसार समितिका संयोजक युवराज कंडेलले जानकारी दिए ।

No comments:

Post a Comment