Sunday, December 19, 2010

खेल सम्पन्न, भोलि कालिका साँस्कृतिक सन्ध्या हुने: कालिका उच्च मावि स्वर्णमहोत्सव !



बुटवल, ४ पौष,

कालिका उच्च माविको स्वर्णमहोत्सव खेल सप्ताह अन्तर्गतका प्रतियोगीताहरु आज समापन भएका छन्। आज भएको जिल्लास्तरीय अन्तर उमावि छात्र भलिबलमा सिद्धार्थ गौतमबुद्ध क्याम्पसले अत्यन्त कडा संघर्ष गरी पाँचौं सेटमा न्यू लाइट उमाविलाई र छात्रा भलिबलमा मणिमुकुन्द कलेजले कालिका उमाविलाई पछिल्लो तिन सेटमा हराई भलिबल प्रतियोगीताको उपाधि जितेका छन्। छात्र भलिबल प्रतिष्पर्धाको तेश्रो स्थान क्यानन उमाविले हासिल गरेको छ।
आजै भएको जिल्लास्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगीतमा पर्रोहा उमाविले दीप बोर्डिङ्ग स्कुललाई सोझो सेटमा हराई विजयी भएको छ। छात्रातर्फको खेल भने दीप बोर्डिङ्ग स्कुलले जित्न सफल भएको छ। दीपले न्यू होराईजन उमाविलाई सोझो तिन सेटमा हराई उपाधि कब्जा गरेको हो। संपूर्ण खेलकुद प्रतियोगीताका फाइनल विजेता समूहलाई पौष ५ गते पुरस्कार वितरण गरिने जानकारी विद्यालयले दिएको छ।
नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान(नास्ट)को आयोजनामा आज कालिका उमाविमा जलवायु परिवर्तन सम्बन्धि पोष्टर प्रदर्शनी र अन्तर मावि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भयो। उक्त प्रतियोगीतामा सिद्धार्थ बोर्डिङ्ग स्कुल प्रथम, दीप बोर्डिङ्ग स्कुल द्वितीय र बुटवल मावि तृतीय भएका छन्। उक्त कार्यक्रममा बोल्दै नास्टका विज्ञान संकाय प्रमुख वैज्ञानिक डा.दिनेशराज भुजुले जलवायु परिवर्तन समस्याबाट पृथ्वीको अस्तित्व नै संकटमा परेकोले यसको विरुद्ध सबै क्षेत्रले मिलेर सहकार्य गर्नुपर्ने बताए। अन्य वक्ताहरुले जलवायु परिवर्तन गराउन प्रमुख भूमिका खेल्ने हरितगृह ग्यासको उत्पादनमा कमि ल्याउनु पर्ने कुरामा जोड दिएका थिए।
पौष ५ गते कालिका स्वर्णमहोत्सव साँस्कृतिक सन्ध्याको आयोजना गरिएको छ। सो कार्यक्रममा जितु नेपाल(मुन्द्रे), बद्रि पंगेनी, तिलक बम मल्ल, मञ्जु महत लगायत स्थानिय कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने र सोकोलागि संपूर्ण तयारी पुरा भएको विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी गराएका छन् ।

No comments:

Post a Comment